Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु, दुई गम्भीर घाइते – Gaule Khabar

ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

खोटाङ,माघ ८ –

ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षीय रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ ।

दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडाबाट ढुङ्गा लिएर लफ्याङ गएको ट्र्याक्टर ढुङ्गा झारी सकेपछि फर्कने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । साँघुरो बाटो रहेको सो ठाउँमा ट्र्याक्टर मोड्दा ठाउँ अभावमा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

ट्र्याक्टर सडकबाट करिब दश फिट तल खसेर क्षतिग्रस्त अवस्थामा रहेको स्थानीयले बताएका छन् । सामान लोड गरिने डाला सडकमै रहेको ट्र्याक्टरले मृतकलगायत तीनै जनालाई किचिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका