Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गोरखामा सुरु भयो एकीकृत बस्ती निर्माण अभियान – Gaule Khabar

गोरखामा सुरु भयो एकीकृत बस्ती निर्माण अभियान

गोरखामा सुरु भयो एकीकृत बस्ती निर्माण अभियान

गोरखा, माघ ७–

गोरखाको बगुवा–४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ ।

‘मिलन बस्ती, एकीकृत बस्ती’को आज एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो । उक्त एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।

बगुवा गाविसको ४ र ५ नं वडाका रिठ्ठेपानी, धारापानी, नयाँगाउँ र पाण्डेगाउँका १५६ घरधुरीलाई सो एकीकृत बस्तीमा स्थानान्तरण गरिने बताइएको छ ।

सो ठाउँमा केही निजी र केही सरकारी जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउन लागिएको हो । झण्डै २०० रोपनी क्षेत्रफलमा उक्त बस्ती निर्माण गरिनेछ । प्रत्येक घरधुरीलाई करिब ६ आना जग्गा छुट्टयाइएको छ । उक्त एकीकृत बस्तीमा निर्माण गरिने सबै घरहरु एकै प्रकृतिका र भूकम्पप्रतिरोधी हुने स्थानीयबासी हरिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराएको अनुदान र स्थानीयको लगानीमा बस्ती विकास गरिने बताइएको छ । विभिन्न छ वटा मार्ग रहेको उक्त एकीकृत बस्तीभित्र बालउद्यान, पौडी पोखरी र सभाहलसमेत निर्माण गरिने छ । एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने उहाँको भनाइ छ । गत वर्षको ‘गोरखा भूकम्प’बाट बगुवा गाविसका शतप्रतिशत घर ध्वस्त भएका थिए ।

सो अवसरमा मन्त्री पाण्डेले फरक भू–बनावट भएको नेपालमा एकीकृत बस्ती विकास गर्नु निकै महत्पूर्ण भएको बताउनुभएको थियो । उहाँले एकीतृत बस्ती निर्माण गर्न आफूले सक्दो सहयोग गर्नेसमेत बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका