चितवन, माघ ७–
रत्ननगरको बुद्धज्योति आवासीय माविले विद्यालयको शैक्षिक सुधारको लागि शिक्षण शिकाईलाई प्रभावकारी बनाउने बताएको छ । विद्यालयलाई प्रभावकारी शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्न सो विद्यालयले शिक्षण शिकाई र भौतिक पूर्वाधार निर्माणलाई जोड दिन लागेको बताएको हो । शुक्रबार त्रेमासिक परीक्षाफल प्रकाशित गर्न आयोजिक कार्यक्रममा प्राचार्य बैकुण्ठ मरहठ्ठाले विद्यालयको शैक्षिक सुधारको लागि शिक्षण सिकाई र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिईएको बताए ।
शिक्षण सिकाईसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागिता गराउन जरुरी रहेको भन्दै उनले अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि स्थान निर्माण र शिक्षण सिकाईलाई प्रभाबकारी बनाउन शिक्षकलाई तालिम दिने योजना बनाईएको बताए । उनले घरमा नपढने, गृहकार्य नगर्ने विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन र विहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्यालयमै पढने र विद्यालयमै गृहकार्य गर्ने वातावरण बनाउने योजना रहेको प्राचार्य मरहठ्ठाले बताए ।
कार्यक्रममा त्रेमासिक परीक्षाफल प्रकाशित गरी प्रथम,द्धितीय र तीतृय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष गोपीचन्द्र सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालयका प्राचार्य मरहठ्ठाको अध्यक्षतामा भएको थियो । २०५१ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ६५० विद्यार्थी अध्ययन गरिरहेको छन ।