Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बौद्धिक अपाङगता भएका व्यक्तिलाई राज्यले उपेक्षा गरेको गुनासो – Gaule Khabar

बौद्धिक अपाङगता भएका व्यक्तिलाई राज्यले उपेक्षा गरेको गुनासो

बौद्धिक अपाङगता भएका व्यक्तिलाई राज्यले उपेक्षा गरेको गुनासो

चितवन ,माघ ७
बौद्धिक अपाङगता भएका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले बताएका छन । सौराहामा शुक्रवार आयोजना गरिएको बौदिक अपाङगता अभिभावक महासंघ नेपालको छैठों साधारण सभामा उनीहरुले बौद्धिक अपाङगता भएका व्यक्तिहरुलाई राज्यले शिक्षा,स्वास्थ्य र रोजगारीबाट बन्चित गरेको आरोप लगाएका हुन । महासंघका अध्यक्ष मुकुन्दहरि दाहालले बौद्धिक अपाङगता भएका व्यक्तिलाई शिक्षामा राज्यले विभेद गरेको आरोप लगाए ।

देश भरीका सरकारी विद्यालयले बौद्धिक अपाङगता भएका वालवालिकालाई भर्ना लिन नमान्ने गरेको उनले बताए । महासंघकी संस्थापक अध्यक्ष सुवर्ण केशरी चित्रकारले बौद्धिक अपाङगता भएकाहरुलाई राज्यले आधारभूत अधिकार समेत प्रदान गर्न नसकेको भन्दै कम्तीमा पनि अपाङहरुलाई राज्यले रोजगारी र आयआर्जनको लागि सहुलीयत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताईन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल,जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्याल,महिला विकास अधिकृत कलावती ओझा, अपाङगता उत्थान समन्वय समिति चितवनका अध्यक्ष भरतमणि भट्ट,बौदिक अपाङगता अभिभावक महासंघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ,बौद्धिक अपाङगता संघकी सचिव ममता पौडेल,राष्ट्रिय अपाङगता महासंघका महासचिव राजु बस्नेत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बौदिक अपाङगता अभिभावक महासंघका अध्यक्ष मुकुन्दहरि दाहालको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका