WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaXB.dgIHthKh/nuRkfxdu6rLc.hvL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 11:24:25', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक – Gaule Khabar

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

भीमदत्तनगर,माघ ७ –

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएकोे बताउनुभएको छ ।

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी एक दशकभित्र कञ्चनपुर, नेपाल र भारतबीचको आर्थिक सम्बन्धको प्रवेशद्वारका रुपमा विकसित हुने दाबी गर्दै उहाँले महाकाली नदीमा चार लेनको पुल बने सुदूरपश्चिमको स्मृद्धिमा टेवा पुग्ने बताउनुभयो । मुलुकको बेरोजगारी, अशिक्षा, पछौटेपन हटाउन सबै राजनीतिक दलका साथै निजी क्षेत्र समेत मिलेर विकास निर्माणमा अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले जिल्लामा हालसम्म एउटा पनि उद्योग स्थापना नभएकाले उद्योग स्थापना गरेर रोजगारीको सिर्जना गर्न मन्त्री लेखक समक्ष माग गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका