Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता – Gaule Khabar

नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

दुनै (डोल्पा),माघ ७ –

सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ । डोल्पा–रुकुमको सीमावर्ती क्षेत्र त्रिवेणी बजारबाट दुनैसम्मको करिब १२ किलोमिटर सडकखण्डको ट्र्याक खोल्न बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख सेनानी विश्ववन्धु पहाडीले जानकारी दिनुभयो ।

बाँकी रहेको सडकखण्ड ठूला ठूला भिरपहरायुक्त भएकाले निर्माण कार्य अत्यन्तै जोखिमपूर्ण रहेको उहाँको भनाइ छ । पर्याप्त बजेटको अभाव हुँदा समयमै सडक निर्माण गर्न सकिने अवस्था छैन । आवश्यक बजेट विनियोजका लागि सरकारसँग आग्रह गरिएको छ । चालु आवमा सरकारले रु १७ करोड बजेट विनियोजन गरेको छ ।

डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट, रुकुम र डोल्पाका ६ स्थानमा निर्माण बेस क्याम्प खडा गरेर काम अगाडी बढाइएको पहाडीले बताउनुभयो । “आगामी आवमा आवश्यक बजेट प्राप्त भए एक वर्षभित्र ट्र्याक खोल्न सक्छाँै,” उहाँले भन्नुभयो । सेनाले अहिले त्रिवेणी, करोपगाड र खदाङमा सडक निर्माण गरिरहेको छ ।

नेपाली सेनाले जाजरकोट–रुकुमखण्डको ७८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी डोल्पा सिमानासम्म सडक जोड्न सफल भएको छ । गत साउनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यको उद्घाटन गर्नुभएको थियो । जिल्लाको त्रिवेणीसम्म ट्र्याक खुलेपछि यातायातका साधन सञ्चालनमा आएका छन् । यसबाट डोल्पालीको जीवनस्तरमा सहजता आएको छ ।

त्रिवेणी बजारसम्म गाडी पुगेपछि तल्लो डोल्पाका कालिका, सर्मी, नर्कुलगायत गाविसका बासिन्दा लाभान्वित भएका छन् । “अब दुई दिनमै नेपालगन्ज पुग्न सकिन्छ, जहाज चढ्न विमानस्थलमा हप्ताँै कुर्नुपर्ने बाध्यता हटेको छ,” त्रिपुराकोट–२ का जयस उपाध्यायले खुशी व्यक्त गर्नुभयो ।

यातायात सञ्चालनसँगै अब डोल्पालीलाई महँगो हवाईभाडा तिर्नुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । दुनैसम्म सडक पुगे यहाँको विकासले तीव्र गति लिनेछ । यहाँका नागरिकको आर्थिक, राजनीतिक, सामाजिक चेतनासमेत वृद्धि हुने उपाध्याय बताउनुहुन्छ ।

“दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुन थालेको छ, मूल्यमा पनि कमी आएको छ,” त्रिपुराकोटका–२ का पुरीप्रसाद हमालले भन्नुभयो । दुई दशक अगाडीसम्म यहाँका नागरिकलाई नेपालगन्जसम्म पुग्न महिनौँ हिँड्नु पर्ने बाध्यता थियो । बाटोघाटो सहज नहुँदा कयौँले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले डोल्पालीको जीवनशैलीमा परिवर्तन आएको छ ।

“बल्ल विकासको आभास हुन थालेको छ । अब हाम्रो आर्थिक अवस्थामा सुधार आउने विश्वास छ,” ल्हाँ गाविस– १ का लक्ष्मीकान्त उपाध्यायले भन्नुभयो– “सरकारले अघिल्ला आवसम्म पर्याप्त बजेट छुट्याएको भए सडक खन्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो ।” – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका