काठमाडौं,माघ ६ –
यमबुद्ध अर्थात अनिल अधिकारी हामीमाझ छैनन् । उनको आत्महत्याको समाचारले सबैलाई स्तब्ध बनायो । सबैजनाले यमबुद्ध जस्ता व्यक्तिले आत्महत्या गर्नै सक्दैनन् भनिरहेका बेला उनको मृत्युको कारण जान्न सबैजना उत्सुक पनि छन् । यसैबिच गत सोमबार यमबुद्धको पोष्ट मार्टम भयो जसको रिपोर्ट बाहिरिएको छ ।
पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले मौखिक रुपमा उनले आत्महत्या नै गरेको पुष्टि गरेको छ । रिपोर्ट अनुसार आत्महत्या हुनुभन्दा अघि उनले मदिरा सेवन गरेको देखाएको छ । उनको कूल पोखरेलको जस्तै ‘ड्रग्स ओभरडोज’ का कारण मृत्यु भएको हुनसक्ने मानिसहरुको आशंकाले फेल खाएको छ । उनको पोष्टमर्टम रिपोर्टमा उनले लागुऔषधको सेवन नगरेको पुष्टि भएको डाक्टरलाई उद्धृत गर्दै पारिवारिक श्रोतले जनाएको छ ।
बताएको छ । साथै, रिपोर्टमा उनको बंगारा भाँच्चिएको पाइएको छ । आत्महत्या गर्दा यस्तो हुनु सामान्य भएको डाक्टरले जानकारी दिएका छन् ।
शनिबार बिहान उनी लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । रोयल मेल अर्थात् हुलाक सेवा कम्पनीको काम सकिएपछि उनी खाना खाएर श्रीमतीसँग वाइन पिएर सुत्दा १२ बजिसकेको पारिवारिक श्रोतले बताएको छ ।
यसैबिच यमबुद्धले आफ्नो पासपोर्ट स–सानो टुक्रा हुनेगरी च्यातेको समेत भेटिएको छ । उनको यसो गर्नुका पछाडि के कारण हुनसक्छ भन्ने विषयमा केही खुल्न आएको छैन ।
हाल उनको शव नर्थविक पार्क अस्पतामा छ । उनका परिवारले शव नेपाल ल्याउन खोजिरहेको बताइएको छ । तर उनको शव नेपाल ल्याइने वा नल्याइने भन्ने विषयमा आधिकारीक पुष्टि हुन भने बाँकी नै छ । उनका बुवा काठमाडौंमा छन् र आमा छोरीसँगै अष्ट्रेलियामा छिन् । उनका पिता राप्रपा नेपालको राजनीतिमा सक्रिय छन्
सन् २०१४ देखि बेलयती पासपोर्टधारी श्रीमती अस्मिता सेढाईंसँगै बस्दै आएका यमबुद्धले आउँदो ‘भ्यालेन्टाइन डे’ मा कार्यक्रम गर्ने तयारी गरिरहेको बताइएको छ । उनको नयाँ एल्बम ‘खतरा’ छिट्टै नै बजारमा आउँदै थियो । – रातोपाटी