Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन – Gaule Khabar

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

सप्तरी,  माघ ६-

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई आज निर्देशन दिँदै गृहमन्त्री निधिले कर्मचारीले उच्च मनोबलका साथै इमान्दारीपूर्वक सरकारका नीति तथा कार्यक्रमलाई पूरा गर्न निर्देशन दिनुभयो । उहाँले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताउनुभयो । उहाँले सेवाग्राहीको काम पूरा नगर्ने कर्मचारीलाई कारबाहीसमेत गरिने बताउँदै वर्तमान संविधान गतिशील दस्तावेज भएकाले सबैलाई सन्तुष्ट पार्न संविधान संशोधन अवश्यक रहेको छ भन्नुभयो ।

सो कार्यक्रममा निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थानका कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । सो बैठकपश्चात् नेपाली काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री निधिले नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा संविधान संशोधनपश्चात् निर्वाचन निश्चित हुने भएकाले त्यसको तयारीमा लाग्न जोड दिनुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका