Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मलेसियाको पेनाङमा मृत भेटिएका एकजना नेपाली युवाको हत्या भएको आशंका – Gaule Khabar

मलेसियाको पेनाङमा मृत भेटिएका एकजना नेपाली युवाको हत्या भएको आशंका

मलेसियाको पेनाङमा मृत भेटिएका एकजना नेपाली युवाको हत्या भएको आशंका

मलेसिया,  माघ ६- 

मलेसियाको पेनाङमा मृत भेटिएका एकजना नेपाली युवाको हत्या भएको आशंका गरिएको छ । सिसावाकतैया गाविस घर भई त्यहाँको बुकित तेंगाहस्थित एक फ्याक्ट्रीमा कार्यरत राधेश्याम पाण्डे गत सोमबार बिहान पेनाङको नागासारीस्थित पाडाङ खेल मैदानमा मृत भेटिएका थिए । प्रहरीका अनुसार उनको घाँटी र पेटमा गहिरो चोट छ ।

गत आइतबार कम्पनीको नियमित काम सकेर होस्टल फर्किएका पाण्डे बेलुका करिब ७ बजेतिर होस्टलबाट बाहिरिएका थिए । उनको शवलाई स्थानीय अस्पतालमा राखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाली राजदुत निरञ्जनमान सिंह बस्न्यातले बताए । उनका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि मंगलबार १३ नेपालीलाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि त्यही कम्पनीमा कार्यरत १३ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको खबर पाएका छौं । घटनाबारे विस्तृतमा बुझ्न पेनाङमा रहेको कन्सुलेट कार्यालयलाई भनेका छौं’ उनले भने ‘विस्तृतमा आउन बाँकी छ ।’

घटनाबारे गहिरो छानविन गर्न र दोषीलाई कार्बाही गर्नुपर्ने भन्दै मलेसियामा कार्यरत नेपाली कामदारले दुतावासलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका