Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नदीजन्य पदार्थ सङ्कलनबाट आम्दानी – Gaule Khabar

नदीजन्य पदार्थ सङ्कलनबाट आम्दानी

नदीजन्य पदार्थ सङ्कलनबाट आम्दानी

महोत्तरी,माघ ६ –

यहाँका महिला मरहा नदीबाट नदीजन्य सामग्री सङ्कलन गर्न व्यस्त रहन्छन् ।

गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा दिनहुँ बिहानदेखि साँझसम्म महिलाले सावल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ सङ्कलन गर्ने गरेका छन् । गौशाला नगरपालिका–७ का ३५ वर्षीया कमलीदेवी साह दैनिक रु चार सयभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

कमली जस्तै गौशाला नगरपालिका–७ का ४० वर्षीया सुशीलादेवी महतोको अधिकांश समय नदीजन्य सामग्री सङ्कलनमै वित्ने गरेको छ । उहाँ १३ वर्षको उमेरदेखि नै सो कार्यमा संलग्न रहँदै आउनुभएको हो ।

यहाँका अधिकांश महिलाले काम नपाउँदा साहुसँग ऋण गरेर खाने तर पछि खोलामा बालुवा चालेको आम्दानीबाट उक्त ऋण तिर्ने गरेका छन् । बालुवा छाने बापतको आम्दानीले यहाँका महिलाले घरखर्च चलाउँदै आएका छन् ।

बालुवा चाल्ने अधिकांश महिला गौशाला बजारमा घर भाडामा लिएर बस्दै आएका छन् । बालबालिका विद्यालय भर्ना भए पनि प्रायः बाआमासँगै अभिभावकका साथमा बालुवा चाल्न जाने गरेका छन् । गौशाला स्रंोत केन्द्रका अनुसार सो क्षेत्रका ३५ वटा विद्यालयका करिब ६०० विद्यार्थी विद्यालय बाहिरै रहेका छन् ।

गौशाला वरपरका मुसहर, पासमान, साह, डोम समुदायका करिब १५० घरका महिला तथा बालबालिका नदीजन्य पदार्थ सङ्कलन गरेरै गुजारा चलाउँदै आएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका