Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कर्मचारी फेरेर भए पनि, भन्सार सुधार्नु पर्छ : अर्थमन्त्री महरा – Gaule Khabar

कर्मचारी फेरेर भए पनि, भन्सार सुधार्नु पर्छ : अर्थमन्त्री महरा

कर्मचारी फेरेर भए पनि, भन्सार सुधार्नु पर्छ : अर्थमन्त्री महरा

काठमाडौँ, माघ ६ –

 उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उहाँले भन्नुभयो “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।”

अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भन्नुभयो – “एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।”

वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिनुभएको उहाँका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले विशेष निर्देशन दिएका हुन् ।

विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराउनुभयो । उहाँले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिन योजना बनाइरहेको वताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका