दंगलमा अभिनयपछि सोशल साइटमा विवादित जायरा– माफीदेखि स्पष्टीकरणसम्म

दंगलमा अभिनयपछि सोशल साइटमा विवादित जायरा– माफीदेखि स्पष्टीकरणसम्म

भारत,माघ ६ –

आमिर खानको हालै प्रदर्शन भएको सफल चलचित्र ‘दंगल’ मा अभिनयको कारणले चर्चामा आएकी ‘जायरा वसिम’ जम्मु कश्मिरकी मुख्यमन्त्री महबुबा मुफ्तीसँग भेटघाट गरेपछि सोशल मिडियामा अप्ठेरोमा परिन् ।
जायरालाई यसले विवादित बनायो । र, भनियो कि उनलाई महबुबाको साटो पेलेट गनबाट घाइते भएका व्यक्तिहरूसँग भेटघाट गर्नुपथ्र्यो ।
१६ वर्षिया जायरा सोशल मिडियामा अपशब्दले यति वाक्कदिक्क भइन कि उनी आफैँले पछि सामाजिक सञ्जालबाटै माफी समेत माग्ने स्थितिमा पुगिन् ।

उनले माफी मागेपछि उनका पक्षमा कैयौँ प्रसिद्ध हस्तीहरू समेतले खुलेर लेखे । जायराले पछि माफ मागेको ‘पोस्ट’ हटाइन र एक नयाँ ‘पोस्ट’मा आफ्नो स्पष्टीकरण (सफाइ) दिइन् ।
आफ्नो पहिलो चलचित्रबाटै प्रशंसा बटुलेकी जायराका बारेमा दर्शकहरूले उत्ति जानेका छैनन् । र, चलचित्रमा उनले बोलेको हरियाणाको भाषा सुनेर उनी कश्मिरी हुन् भन्ने अन्दाज लगाउन पनि निकै अप्ठ्यारो छ ।
सन् २००० मा श्रीनगरको हवल क्षेत्रमा जन्मिएकी जायराको चलचित्रमा प्रवेश मात्र एउटा संयोग हो ।
‘दंगल’ रिलिज भएपछि मिडियासँग कुराकानी गर्दै उनले भनेकी थिइन्, “मलाई अभिनयको फिटिक्कै रहर थिएन र मैले कहिल्यै चलचित्रमा काम गर्छु भन्ने सोचेकी पनि थिएँ । यो सबै भाग्यको कारणले मात्र भएको हो ।”

जायराले श्रीनगरस्थित मिशनरी स्कुल सेन्ट पल सोनवरबाट भर्खरै दश कक्षा उत्तीर्ण गरेकी थिइन् । उनका बुबा बैंकमा काम गर्छन् र आमा शिक्षिका हुन् । एउटा चलचित्रले जायराको मार्ग र गन्तव्य दुबैलाई बदलिदिएको होस् तर, यो त्यति सजिलो भने थिएन ।

जायराको मन चलचित्रमा थिएन र उनको परिवार पनि बलिउडमा भाग्य परीक्षण गर्न आफ्नी छोरीले मुम्बईको बाटो समातेको हेर्न चाहाँदैन थिए । तर, अन्तमा जायराको परिवारले उनलाई चलचित्रमा काम गर्ने अनुमती दियो । र नतिजा अगाडि नै छ । यसमा जायराको एक आफन्तको भूमिका महत्वपूर्ण छ ।
यिनै आफन्तले जायराको सपना पूरा हुनुपर्नेमा आमाबुबालाई सम्झाए र उनलाई मौका दिनुपर्ने बताए । अन्तमा उनीहरू राजी पनि भए । यद्यपि चलचित्रको सफलतापछि पनि उनीहरूको खुट्टा भुइँमै रहिरहेको छ । र, जायरा भन्छिन्, उनी कसैको प्रेरणा बन्न चाहाँदिनन् ।

मिडियासँगको कुराकानीमा उनले भनेकी थिइन्, “चलचित्रपछि धेरै व्यक्ति मकहाँ आए र उनीहरूले ममा रोलमोडल देखेको बताए । तर, मेरो भनाइ उनीहरूले यो नसोचुन, कि मैले अभिनय गरेँ, उनीहरूले पनि अभिनय गर्नुपर्छ । उनीहरूमा मभन्दा पनि बढी सम्भावना हुनसक्छ । उनीहरूले मलाई प्रेरणा नबनाउन् ।”
जायरा, आमिर खानको अर्को एउटा चलचित्र ‘सिक्रेट सुपरस्टार’ मा पनि काम गरिरहेकी छन् । र, आमिरले चलचित्र पछि पनि उनको खुलेर प्रशंसा गरे । आमिरले भनेका थिए, “सुटिङ अघि जायरा केही कमजोर देखिएकी थिइन् । र, कसरी यो सम्भव होला भन्ने लागिरहेको थियो । तर, जब सुटिङ सुरु भयो, उनको अभिनय गज्जबको थियो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका