Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चीनबाट आउने भयो हजारका नयाँ नोट – Gaule Khabar

चीनबाट आउने भयो हजारका नयाँ नोट

चीनबाट आउने भयो हजारका नयाँ नोट

काठमाडौँ,माघ ५ –

नेपाली नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले पहिलोपटक १ हजारका नोट छापेर नेपाल पठाएको छ ।यो नोटहरु चीनको पूर्वी तटस्थित नाचाङ-ज्याङ्सी प्रान्त हुँदै नेपाल भित्रिने चरणमा रहेका छन् । अगष्टमा खुलेको नोट छपाइ टेन्डरमा बि्रटिस तथा फ्रेन्च कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले टेन्डर हात पारेको थियो ।

२० करोड रुपैयाँ बराबरको १ हजारका नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले यसअघि १ सयको नोट छापिसेकेको छ ।यो कम्पनीले २० करोड ६० लाख बराबरको ५ रुपैयाँको नोट छाप्ने पनि टेन्डर पाएको राष्ट्र सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।नेपाली नोट छापेको चाइना बैंकनोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले चिनियाँ मुद्रा पनि छाप्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका