Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘आलिताल’ संंरक्षणको पर्खाइमा – Gaule Khabar

‘आलिताल’ संंरक्षणको पर्खाइमा

‘आलिताल’ संंरक्षणको पर्खाइमा

डडेल्धुरा,माघ ५ –

पर्यटकीय सम्भावना बोकेको माहाभारतको काखमा अवस्थित आलिताल’ सरंक्षण र संवद्र्धनको पर्खाइमा रहेको छ ।

विभिन्न फोहर पदार्थ जम्मा हुँदै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको छ । धार्मिक एतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सो तालसम्म पुग्ने सडक समेत अधुरै अवस्थामा छ । एक दशक अगाडी निर्माण सुरु गरिएको सो सडक आलिताल क्षेत्रसम्म पुग्न नसक्दा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन् ।

अहिले तालसम्म पुग्न एक घन्टाभन्दा बढी पैदल हिँड्नु पर्छ । तालमा बर्सेनि सडेगलेका रुख तथा माहाभारत क्षेत्रबाट माटो बगेर आउँदा पुरिँदै गएको आलिताल गाविसका प्राविधिक जयबहादुर डाला बताउनुहुन्छ । समुद्री सतहबाट ८०० मिटर उचाईमा महाभारतको काखमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकको आगमन बढ्ने उहाँको भनाइ छ ।

स्थानीय र सरोकारवाला निकायले तालको संरक्षणमा ध्यान नदिएकै कारण आलिताल ओझेलमा परेको हो । सन् २०११ मा गठन गरिएको आलिताल पर्यटन विकास समाज बोर्डमा मात्र सिमित छ । तालको वरिपरि बिरुवा उम्रनुका साथै फोहरवस्तु थुपारिँदै गएको छ । तालको वरिपरि पर्खाल निर्माणको पहल भइरहेको स्थानीय रघुवीर धामीले बताउनुभयो ।

आलितालको लम्बाई एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर रहेको छ । यस वर्ष तालसम्म पुग्न तीन किलोमिटर सडक निर्माणका लागि पुरातात्विक विभागबाट रु १५ लाख र आलिताल गाविसबाट रु ६ लाख विनियोजन भई काम सुरु गरिएको आलिताल गाविस सचिव जयबहादुर शाहुले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका