Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली आँखा अस्पतालमा भारतीय नागरिकको घुइँचो – Gaule Khabar

नेपाली आँखा अस्पतालमा भारतीय नागरिकको घुइँचो

नेपाली आँखा अस्पतालमा भारतीय नागरिकको घुइँचो

धनुषा,  माघ ५ –

जनकपुरस्थित जानकी आँखा अस्पतालमा जाडो बढेसँगै आँखा उपचार गराउन आउने बिरामीको चाप बढेको छ ।
नेपाल–भारत सीमा क्षेत्रका ज्यादाजसो भारतीय नागरिक नेपालमा सस्तोमा उपचार हुने भएकाले यहाँ आउँछन् । यहाँ घाउ नपारी शल्यक्रिया गरिने भएकाले पनि आँखा उपचारका लागि आउनेको भीड बढेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, यस अस्पतालप्रति जनविश्वास बढेका कारण भारतका विभिन्न प्रान्तका नागरिक यहाँ आउने गरेका छन् । भारत विहारका दरभङ्गावासी दिलीप मेहताले जनकपुरस्थित आँखा अस्पतालको उपचारले दीर्घकालसम्मका लागि लाभदायक हुने छिमेकीबाट थाहा पाएपछि यहाँ उपचारका निम्ति आएको बताउँछन् । मेहताका अनुसार भारतमा मोतियाविन्दु लगायतका उपचारमा रु एक लाखदेखि दुई लाखभन्दा बढी खर्च हुने तर यहाँ थोरै रकममा राम्रो उपचार पाउने भएकाले खासगरी सीमावर्ती क्षेत्रका मानिसहरु आउने गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालमा उपलब्ध फेको शल्यक्रिया सेवा अहिले बिरामीका लागि आकर्षण बनेको छ । भारतमा अत्यधिक महँगो पर्ने र निजी अस्पताल वा काठमाडौँमा उक्त सेवा लिन खर्च बेहोर्न नसक्नेका लागि जानकी अस्पताल राम्रो विकल्प बनेको छ । फेको शल्यक्रियामा आँखामा हुने मोतियाविन्दुको उपचार अति नै सूक्ष्मयन्त्रबाट गरिने र यसमा घाउसमेत नहुने हुनाले यस सेवाप्रति आकर्षण बढेको हो । शल्यक्रियाको आधा घन्टापछि बिरामी निको भएर घर फर्कन सकिने अस्पतालको प्रशासन शाखा प्रमुख रामनरेश पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो – “भारतीय बिरामीलाई आफ्नै देशमा यो उपचार पाउन गा¥हो रहेको तर नेपालमा रु १२ हजारमा यो सेवा सहज रुपमा पाउन सकिन्छ ।” काठमाडौँमा यो सेवा लिन रु ३० हजार खर्चिनुपर्ने अवस्था रहेको छ । भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, बङ्गालसम्मका आँखाका बिरामी यस अस्पतालमा आउने गरेको र उनीहरुले नयाँ सेवास्वरुप फेकोलाई सराहना गर्ने गरेको पाण्डेले बताउनुभयो । अहिले प्रतिदिन १० देखि १५ जना बिरामीको यस माध्यमबाट शल्यक्रिया भइरहेको छ ।

चिसो महिनामा आँखाको शल्यक्रिया गराउंँदा घाउ नलाग्ने र छिटो निको हुने विश्वासका कारण कात्तिकदेखि फागुन महिनासम्म अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने गर्दछ । अन्य याममा तीनदेखि पाँच सयको सङ्ख्यामा दैनिक बिरामी आउने गरे पनि अहिले प्रतिदिन पाँच सयदेखि सात सयको सङ्ख्यामा बिरामीको चाप रहने गरेको छ । मोतियाविन्दुको शल्यक्रिया गर्न जानकी आँखा अस्पतालमा रु चार हजार तीन सय ८० शुल्क लिइने र त्यसमा अस्ट्रेलियन प्रविधिबाट बनेको गुणस्तरीय लेन्ससमेत उपलब्ध गराइने गरिन्छ । अहिले प्रतिदिन अढाइ सयदेखि तीन सय जनाको शल्यक्रिया हुने गरेको छ । यो यामको डिसेम्बर महिनासम्म १० हजार जनाले यो सेवा लिइसकेको अस्पतालले जनाएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका