Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने,पहिलो चरणमा दुई जिल्ला मकवानपुर र सिन्धुली – Gaule Khabar

आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने,पहिलो चरणमा दुई जिल्ला मकवानपुर र सिन्धुली

आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने,पहिलो चरणमा दुई जिल्ला मकवानपुर र सिन्धुली

काठमाडौं, माघ ५ –

 ०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले ध्वस्त भएको संरचना निर्माणको लागि सरकारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गरिसकेको छ ।

आजबाट सरकारले घर निर्माणका लागि दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ वितरण सुरु गर्दैछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो चरणमा दोस्रो किस्ताको लागि मकवानपुर र सिन्धुलीका करिब ३ सय पीडितहरुलाई दोस्रो किस्ता वितरण गर्दैछ । पहिलो चरणमा दुई जिल्लामा मात्र दोस्रो किस्ता वितरण हुनेछ ।

दोस्रो किस्ता पाउन के गर्नुपर्छ

पीडितले घरको जग निर्माण गरेको हुनुपर्छ । जग निर्माण गरेर गाउँमा खटिएका प्राविधिकहरुलाई जाँच गराएर उनीहरुले पास पास गरिसकेपछि मात्र दोस्रो किस्ता वापतको ५० हजार रुपैयाँ पाइनेछ ।

कति परिवारले पाउँनेछन् अनुदान

विनाशकारी भूकम्पको कारण १४ जिल्लामा सबै भन्दा धेरै क्षति ग¥यो । प्राधिकरण १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।

गोरखाको बारपाक केन्द्र बिन्दु भएपनि मानविय र भौतिक सबै भन्दा बढी सिन्धुपाल्चोकमा क्षति भएको छ । भूकम्पमा ज्यान गुमाएका मध्ये आधा सिन्धुपाल्चोकका रहेका छन् ।

त्यसोत सबै भन्दा बढी क्षति पनि सिन्धुपाल्चोकले ब्यहोरेको छ । तर दोस्रो किस्ता वापतको डेढ लाख अनुदानको लागि सिन्धुपाल्चोक र गोरखा पहिलो चरणमा नराखेर दोस्रो चरणमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका