Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जब देउवा र महरा ‘र’का मान्छे भेट्न दिल्ली गए … – Gaule Khabar

जब देउवा र महरा ‘र’का मान्छे भेट्न दिल्ली गए …

जब देउवा र महरा ‘र’का मान्छे भेट्न दिल्ली गए …

काठमाडौं, माघ ५

ओली सरकार रहँदा रहँदै कृष्णबहादुर महरा र शेरबहादुर देउवा दिल्ली गएको प्रसंग हो यो । त्यही बेला प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डलाई भने, ‘तपाइँ यता मलाई ठिक्क पार्ने, उता गोप्यरुपमा ‘र’का मान्छे भेट्न आफ्ना प्रतिनिधि दिल्ली पठाउने ? सरकार ढाल्नु नै छ त हाक्काहाक्की भने भैगोनि । किन यस्तो छुपारुस्तम चाल ?’

प्रचण्ड चाहिँ टक्टकिएर ‘हामी दीर्घकालीन सहमतिमा जाने हो । लौ,मलाई समय चाहियो’ भन्दै पन्छिए । सोहीबमोजीम दुईजनाबीच गोकर्णमा ५ घण्टासम्म गोप्य वार्ता चल्यो । ‘भविष्यको प्लान’ बनाउने नाममा प्रचण्ड १ बजे नै ओलाीलाई कुरेर बसेका थिए । ओलीचाहिँ सत्ता गठबन्धनको बैठक सकेर १ बजे बल्लतल्ल निर्धारित स्थानमा पुगेका थिए ।

त्यही भेटको क्रममा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिजाललाई छेउमा तानेर महराले भनेछन, ‘अलिकति गलत रिपोर्टिङ भए जस्तो लाग्यो ।’ रिजालको जवाफ थियो, ‘तपाई गृहमन्त्री र उपप्रधानमन्त्री समेत भएको मान्छे राज्य कसरी चल्छ,सूचना कसरी पाइन्छ । थाहै होला नि ।’

महराले स्पष्टिकरण दिए, ‘जुन बेला हाम्रो सिएमलाई पिएमले त्यसो भन्नुभयो, त्यसबेला ‘र’ चिफसँऊ मेरो अपोइन्टमेन्ट मिली सकेकै थिएन ।’ अर्थात् सूचना त सत्य हो तर समयचाहिँ अलि तलमाथि पर्औयो भन्ने कुराको स्वीकारोक्ति थियो, त्यो । स्मरणीय छ, मिश्रित प्रणालीमा जुन पार्टीद्ये बहुमत सिट जिते पनि एक्लै सरकार चलाउने सम्भावना हुन्न र यस्तोमा सहमतीय वा गठबन्धन सरकारको विकल्प नै छैन । जनआस्था साप्ताहिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका