Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महोत्सवमा दर्शकको उत्साहजन सहभागिता – Gaule Khabar

महोत्सवमा दर्शकको उत्साहजन सहभागिता

महोत्सवमा दर्शकको उत्साहजन सहभागिता

चितवन,माघ ४-

नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको चितवन महोत्सवको नवौँ दिनमा पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । माघ ५ गते बुधबार समापन हुने महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय भएको महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले जानकारी दिए ।

मंगलबार मात्रै १५ हजार भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका गौतमको भनाइ थियो । उद्योग वाणिज्य संघ चितवन, भरतपुर उपमहानगरपालिका, जिल्ला विकास समिति चितवनको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवले चितवनको स्थानीय उत्पादनको प्रवद्र्धनमा विशेष भूमिका खेल्ने गौतमको भनाइ छ । स्थानीय उत्पादनलाई विशेष महत्व दिएर केरा, च्याउलगायतका स्टलहरुलाई महोत्सवमा विशेष महत्व दिइएको गौतमले बताए ।

कृषि प्रदर्शनीहरुलाई निशुल्क रुपमा स्टल उपलब्ध गराएर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सघाउन पु¥याएको गौतमको भनाइ छ । नौ दिनसम्म सञ्चालन भएको महोत्सवले चितवनको उत्पादनलाई राष्ट्रिय बजारमा पु¥याउन ठूलो भूमिका खेलेको गौतमले बताए । पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११ औँ चितवन महोत्सवको समापन बुधबार दिउँसो उद्योग मन्त्री नगेन्द्रराज जोशीले गर्ने बताइएको छ ।

महोत्सवमा सात वटा विशेष स्टल सहित पाँच सय वटा व्यापारिक स्टलहरु रहेका थिए । महोत्सवमा २० करोड रुपैयाँको कारोबार तथा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका