भैरहवा, माघ ४-
अखिल (क्रान्तिकारी ) मुल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सिद्धार्थ बाल गृहमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न र कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्रान्तिकारीले स्थापनका काल देखि नै सामाजिक उत्तरदायित्वका साथै शैक्षिक विकासका निम्ति आफना कार्यहरु अगाडी बढाउदैं आएको र सोही अुनुरुप मंगलबार भैरहवा बहुमुखी क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सिद्धार्थ बालगृहमा रहेका अनाथ बालबालिकालाई सहयोग गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य टि.पी. न्यौपानेले बताए ।
अखिल क्रान्तिकारी मुल इकाइ समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मिलन पाण्डेको अध्यक्षता र पूर्व भुमिसुधार राज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हकिकुल्लाह खाँको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका रुपन्देही जिल्ला सह–संयोजक अनुप बराल, क्याम्पसका पूर्व स्ववियु उपसभापति कमल रायमाझी लगायतको उपस्थिति थियो ।कार्यक्रम संयोजक रबिन्द्र प्रताप गुप्ताको स्वागत मन्तव्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कपिल चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको नृत्य प्रस्तुती समेत रहेको थियो ।