Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनकाण्डले अर्थमन्त्री महरालाई तनाव – Gaule Khabar

सुनकाण्डले अर्थमन्त्री महरालाई तनाव

सुनकाण्डले अर्थमन्त्री महरालाई तनाव

काठमाडौ,माघ ४-

पछिल्लो समय भइरहेको सुन तस्करीका घटनामा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नाम जोडेर समचार प्रकाशित हुन थालेपछि मन्त्री महरा तनावमा परेका छन् ।

केहि दिनयता विभिन्न पत्रपत्रिकाले सुन तस्करीमा मन्त्री महराको नाम जोडेर समाचार प्रकाशित गरेपछि अर्थमन्त्रीका प्रेस सहयोगीले विज्ञप्ति निकालेरै त्यसको खण्डन गरेका छन् ।उपप्रधान तथा अर्थमन्त्रीका प्रेस सहयोगी त्रिभुवन पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मन्त्री महराको चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिशेषगरी केही पत्रिकामा राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले माननिय मन्त्री ज्यूको बद्नाम गर्ने गरीे समाचार प्रकाशन भएकोमा, अर्थ मन्त्रालय खेद प्रकट गर्न चाहन्छ ।’सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्न उपप्रम तथा अर्थमन्त्रीले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाई निर्देशन दिइसकेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा कर फछ्र्यौट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको विषयमा कुनै निर्णय नभएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका