Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुन तस्करीमा अर्थमन्त्री महराको यस्तो सेटिङ पुरा पढ्नुहोस् – Gaule Khabar

सुन तस्करीमा अर्थमन्त्री महराको यस्तो सेटिङ पुरा पढ्नुहोस्

सुन तस्करीमा अर्थमन्त्री महराको यस्तो सेटिङ पुरा पढ्नुहोस्

काठमाडौं, माघ ४ –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारसार हुँदै आएको छ ।

२०७३ पुस २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै कुराहरू खुल्न थालेका छन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

३३ किलो सुन बरामद भएको एकसातामै रसुवा नाकाबाट आएको १५ किलो सुन ०७३ पुस २९ गते राति महानगरीय प्रहर।ी वृत्त बालाजुले चमती करिडोरबाट बरामद गरेको छ । यसअघि बौद्ध प्रहरीले मंसिर १८ गते मोटरसाईकल जाँच गर्ने क्रममा १० किलो सुन बरामद गरेको थियो ।

गएको पुस ६ गते रसुवामा ५ किलो सुनसहित वीरेन लामा पक्राउ परेका थिए । त्यसलगत्तै पुस १४ गते नै हाइलक्स गाडीमा लुकाएर ल्याइको अवस्वथामा महानगरीय अपराध महाशाखा टेकुले ७ किलो सुन कलंकीबाट बरामद गरेको थियो ।

पुसमै काठमाडौं पेप्सीकोलाबाट ३ किलो सुन बरादम भएको थियो । मंसिर र पुसमा मात्रै अवैध रुपमा भित्रिएको ७३ किलो सुन प्रहरीले बरामद गरेको छ ।

यस्तो छ सुन तस्करीको जालो

गत साउन २० गते अर्थमन्त्रीको शपथ लिएलगत्तै कृष्णबहादुर महराले सुन भित्रने मुख्य नाका त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सुरुवा गरेका थिए । ती दुई नाकाबाट भित्रिएको सुन काठमाडौंबाट भैरहवा भन्सार हुँदै भारत पुराउने सेटिङ मिलाइएको रहस्य खुल्न थालेको छ ।

जसका लागि भैरहवा भन्सारमा पनि मन्त्री महराले आफ्नो पार्टी निकट उपसचिव र अधिकृतलाई सुरुवा गरेका थिए ।राजश्व अनुसन्धान विभागमा सुन तस्किरीको सेटिङ गर्ने गरी एक अनुसनधान अधिकृतलाई भइसकेको सरुवा पनि रद्द गरी राखिएको खुलासा भएको छ ।

सुरुपमा अवैध सुन भित्रिने नाका एयरपोर्ट भन्सारमा मन्त्री महराको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत गुणराज भण्डारी र कम्युटर अधिकृत मदनकुमार श्रेष्ठलाई सरुवा गरिएको थियो ।

त्यसपछि मन्त्री महरा र उनका निजी सचिव नेत्र पौडेलले अर्को सुन भित्रने नाका रसुवागढी भन्सारमा शाखा अधिकृत भीम आङदम्बेलाई खटाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका