Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगञ्जका ‘डन’लाई जोगाउन गृहमन्त्री निधिनको कडा निर्देशन – Gaule Khabar

नेपालगञ्जका ‘डन’लाई जोगाउन गृहमन्त्री निधिनको कडा निर्देशन

नेपालगञ्जका ‘डन’लाई जोगाउन गृहमन्त्री निधिनको कडा निर्देशन

काठमाडौं,माघ ४ –

विमलेन्द्र निधिले गृह मन्त्रालय सम्हालेपछि देशको सुरक्षा दिन प्रतिदिन खस्किदै गएको छ ।तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुन्डाहरू पनि फेरि सलबलाउन थालेका छन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

गुन्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवा संघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् ।

त्यस्तै त्यसको एक सातामै नेपालगञ्जमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयास भयो । बुढाथोकीमाथि आक्रमणमा संलग्नहरू पक्राउ परेका छन् । तर, मुख्य अभियुक्तलाई भने जोगाउन गृहमन्त्री निधि नै सक्रिय छन् ।

बुढाथोकी आक्रमणका नाइके नेपालगञ्जका गुन्डा रिगल ढकाल भएको अनुसन्धानमा पुष्टि भइसकेको छ । खुकुरी आक्रमण गर्ने लक्ष्मण मल्लले ढकालकै निर्देशमान आफूले आक्रमण गरेको बताएका छन् ।

घटनामा संलग्न तरुण दलका नेता दीग्विजय राणासमेत पक्राउ परिसकेका छन् । राणा र गुन्डा नाइके ढकाल एउटै ग्याङका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका