Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नयाँ शक्तिले देशका विभिन्न स्थानमा उत्पादन एवं निर्माणसम्बन्धी काम गर्ने – Gaule Khabar

नयाँ शक्तिले देशका विभिन्न स्थानमा उत्पादन एवं निर्माणसम्बन्धी काम गर्ने

नयाँ शक्तिले देशका विभिन्न स्थानमा उत्पादन एवं निर्माणसम्बन्धी काम गर्ने

काठमाडौं, माघ ३ –

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगार एवं स्वरोजगारसम्बन्धी जानकारीमूलक अभिमुखीकरण तलिम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेको बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको हो ।

त्यस्तै देशको आर्थिक विकासमा टेवा पुग्ने गरी नयाँ शक्तिले देशका विभिन्न क्षेत्रहरुमा उत्पादन एवं निर्माणसम्बन्धी कार्यहरु गर्ने योजनासमेत बनाएको छ । पार्टीको उत्पादन तथा रोजगार/स्वरोजगार अभियान समन्वय समितिले सोमबार काठमाडौंमा गरेको एक अभिमुखीकरण कार्यक्रममा उत्पादन तथा रोजगारसम्बन्धी अवधारणा ल्याएको हो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई नै लक्ष्य बनाएकोले त्यो लक्ष्य हासिल गर्नका लागि आर्थिक विकास र समृद्धिको कार्ययोजनामा नमूनायोग्य काम गर्नुपर्ने बताए । उनले पार्टीले लिएको उत्पादन, निर्माण र रोजगारसम्बन्धी नीतिको मनशाय प्रट्याउँदै त्यसले पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई व्यवसायिक कामप्रति अभ्यस्त बनाउने र त्यसबाट आम जनतामा उत्पादनसम्बन्धी पार्टीको कार्यशैली प्रति थप विश्वास आर्जन गराउने रहेको बताए ।

उनले देशको आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण एवं वैज्ञानिकीकरण, उद्योग कलकारखाना, पर्यटन, उर्जा क्षेत्रको विकास मुख्य आधार भएको बताए ।संयोजक भट्टराईले विकासका पूर्वाधारजन्य क्षेत्रहरुमा राज्यले लगानी अभिवृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग, व्यापार आदि क्षेत्रहरुमा निजी क्षेत्र संलग्न भएर अर्थतन्त्रलाई गति प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ शक्तिको पहलमा संचालन गरिने उत्पादन, निर्माण तथा रोजगारकेन्द्रीत कार्यक्रमहरु देशको विकास र समृद्धिका लागि नमूनायोग्य हुने उनको भनाई थियो ।

पार्टीका केन्द्रीयस्तरका नेताहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा संचालन गरिने विभिन्न परियोजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उत्पादन तथा रोजगार समितिका संयोजक बामदेव क्षेत्रीले पार्टीको उत्पादनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि निजी र सरकारी स्रोतसाधनको प्रयोग गर्दै उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिए ।

उनले  विभिन्न किसिमका उत्पादनमुखी योजनाहरुले विदेशमा रहेका युवाहरुलाई अभिप्रेरणा जगाउने, पार्टीका अभियन्ता तथा जनतालाई क्रमशः आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले उत्पादन र रोजगारसम्बन्धी कार्ययोजना लागू गर्न लागिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा डा. जनक शाहले उत्पादनको कार्ययोजना र वित्तीय व्यवस्थापनको बारेमा व्याख्या गरेका थिए । त्यस्तै पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन, उद्यमशीलतासम्बन्धी विषय, मदन राईले एकीकृत अर्गानिक कृषि व्यवसाय, डा. प्रदिपमान तुलाचनले पर्यटन, श्रम तथा रोजगारसम्बन्धी विषय, नाथु चौधरीले एकीकृत कृषि व्यवसायसम्बन्धी विषय र डा. लक्ष्मी देवकोटाले जलविद्युत तथा नवीकरणीय ऊर्जासम्बन्धी विषयमा आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका