Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उद्योगमन्‍‍‍त्रीको दाबी, ‘१० वर्षपछि रोजगारीका लागि विदेश जानुपर्दैन’ – Gaule Khabar

उद्योगमन्‍‍‍त्रीको दाबी, ‘१० वर्षपछि रोजगारीका लागि विदेश जानुपर्दैन’

उद्योगमन्‍‍‍त्रीको दाबी, ‘१० वर्षपछि रोजगारीका लागि विदेश जानुपर्दैन’

सर्खेत,माघ ३-

उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० वर्षपछि नेपालका कुनै पनि युवाहरु रोजगारीका विदेश जानुनपर्ने दाबी गरेका छन्। हाल उद्योग मन्त्रालयले ल्याएका महत्वकांक्षी योजनाहरु योजनाहरु कार्यान्वयन हुन सके कोही पनि विदेशिनु नपर्ने उनको दाबी छ।  वीरेन्द्रनगरमा बहुमुल्य रत्नपत्थर कार्यशाला भवन उद्धघाटन गर्न सुर्खेत आइपुगेका मन्त्री जोशीले ६ नम्बर प्रदेश सम्भावनाको खानी भएको बताए। उनले वीरेन्द्रनगरमा औद्योगिक ग्राम स्थापना गर्नका लागि आवश्यक अध्ययन भईरहेको बताएका छन्।

व्यवस्थापकिय कमजोरीका कारण लामो समयदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सरकारले फेरि सञ्चालनमा ल्याएको उदाहरण दिदैँ उनले  उद्योगहरुको स्थापना गरेर समग्र नेपालीहरुकै आर्थिक स्तरमाथि उठाउने प्रयास भैरहेको बताए। उनले सार्वजनिक नीजि साझेदारी गरेर भएपनि बन्द अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालनमा ल्याउने बताए।  उद्योगमन्त्री जोशीले प्रत्येक घरमा उद्यमशीलताको विकास गर्न सके मात्रै मुलुकलाई आर्थिकरुपमा सम्मृद्ध बनाउन सकिने बताए। औद्योगिक क्रान्तिबिना आर्थिक क्रान्ति असम्भव भएको उनको भनाइ छ।

उद्योग वाणिज्य संघको ११ बुँदे मागपत्र

उद्योग मन्त्री नविन्द्रराज जोशीलाई सुर्खेत उद्योग वाणिज्यले ११ बुँदे माग पत्र बुझाएको छ। सोमबार मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश अधिकारीले ११ बुँदे मागपत्र बुझाएका हुन्।  ज्ञापनपत्रमा पश्चिम सुर्खेतको लखरपाटा र चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक कार्य यथाशीघ्र सुरु गर्नुपर्ने तथा सुर्र्खेतका तीन ठाउँमा प्रस्तावित च्याम्बर मोडेल भिलेजका लागि आवश्यक सहयोग तथा लघु उद्यम विकास ग्राम स्थापना गर्नुपर्ने माग उल्लेख छ। हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसँगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्नुपर्ने माग ज्ञापनपत्रमा समावेश छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका