Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यूत चोरी गर्ने १७ नेपालगन्जबाट पक्राउ – Gaule Khabar

विद्यूत चोरी गर्ने १७ नेपालगन्जबाट पक्राउ

विद्यूत चोरी गर्ने १७ नेपालगन्जबाट पक्राउ

नेपालगन्ज,माघ ३-

नेपाल विद्यूत प्राधिकरण नेपालगन्ज वितरण शाखाले बिद्युत चुहावट नियन्त्रण अभियानलाई तीब्रता दिएको छ ।सोही क्रममा सोमबार बिहान नेपालगन्ंज वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलिले कम्दी स्थित लग्दहवा र नेपालगन्ज २६ स्थित वसुदेवपुरवाट १७ जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट १ लाख ७५ हजार राजस्व असुली गरिएको वितरण केन्द्रले जनाएको छ । नेपाल विद्यूत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेश कुमार झाले विद्यूत् चुहावट नियन्त्रणमा आए गर्मि महिनामा लोडसेडिङ कम हुने बताउनुभयो ।

चालू आर्थिक बर्षदेखि हालसम्म जरिवाना बापत २९ लाख २४ हजार राजस्व असुली भएको प्रमुख झाले जानकारी दिनुभयो । यो अवधिमा बिद्यूत चोर्ने २ सय ३२ जना कारबाहीमा समेत परेका छन् ।पछिल्लो केही महिनायता बिद्यूत् चोरी गर्नेहरु विरुद्व नेपाल प्रहरी र शशस्त्र प्रहरीको सहयोग लिएर नेपालगन्ज वितरण केन्द्रले निगरानी बढाउदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका