Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रियंका चोपडाको सिनेमामा छनौट भइन् यी नेपाली अभिनेत्री – Gaule Khabar

प्रियंका चोपडाको सिनेमामा छनौट भइन् यी नेपाली अभिनेत्री

प्रियंका चोपडाको सिनेमामा छनौट भइन् यी नेपाली अभिनेत्री

काठमाडौं, माघ ३ –

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् ।

सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् ।

प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मञ्जुले जानकारी दिएकी छिन् । पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् ।

फेबु्रअरी पहिलो सातादेखि वर्कशप सुरु हुने यो सिनेमाका लागि अझैँ पाँच जना कलाकारहरुको खोजी भइरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका