Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21 प्रशासनको पनि पुनःसंरचना आवश्यक – मन्त्री बुढाथोकी – Gaule Khabar
समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज झापाको जिविस हलमा आयोजित संविधान कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाका सम्बन्धमा सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पु¥याउन सकेमा मात्र स्थानीय तहबाट जनता अपेक्षित लाभान्वित हुने भन्दै निजामती कर्मचारीले पनि आफ्ना दृष्टिकोणलाई फराकिलो पार्न आग्रह गर्नुभयो । कर्मचारीको व्यवहारबाट नै मुलुकको आर्थिक सामाजिक र राजनीतिक क्षेत्रको विकास हुने मन्त्री बुढाथोकीको भनाइ छ ।
सरकारले कर्मचारीको लागि स्वास्थ्य बिमा र निवृत्तकोष स्थापना गर्न आवश्यक छलफल गरिरहेको मन्त्री बुढाथोकीले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव दिनेशकुमार थपलियाले संविधानको सफल कार्यान्वयनमा राजनीतिक संरचना, प्रशासनिक पुनःसंरचना र वित्तीय व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डिल्लीराम शर्माले संविधानको कार्यान्वयन र प्रशासनको पुनःसंरचनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।- रासस