Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कलाकार गोविन्दसिह रावत कोलोराडोमा सम्मानित – Gaule Khabar

कलाकार गोविन्दसिह रावत कोलोराडोमा सम्मानित

कलाकार गोविन्दसिह रावत कोलोराडोमा सम्मानित

कोलोराडो(अमेरीका), माघ २-

साहित्य तथा कलाको क्षेत्रमा ख्याती कमाएका प्रध्यापक डा. गोविन्दसिह रावतलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार तथा कलाकार प्रध्यापक डा.गोविन्दसिह रावतलाइ अभिनन्दन गरिएको हो ।

कार्यक्रमका बिशेष आतिथी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले फुलको माला लगाई दिइ तथा आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सम्मान पत्र प्रदानगरि रावतलाई सम्मान गरेका हुन् । अभिनन्दित ब्यक्ति रावतले नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पु¥याएको योगदानको बारेमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल र बिशेष अतिथी पदम बिकले प्रकास पारेका थिए भने, समिक्षा डा.विजयराज शर्माले गरेका थिए ।

यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुनेहरुमा नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, प्रवासी नेपाली मंचका अध्यक्ष जगत श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका आकाश राई, ब्लड डोनर्स अफ अमेरिकाका भुषणलाल श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

मुलुकले भर्खरै गुमाएका भाषा कला तथा साहित्यका दुई हस्तिहरु कनकमणी दिक्षीत र बिष्णुभक्त फुयालको संझनामा मौनधारण पछि सुरुभएको कार्यक्रमा आयोजक संस्थाका सचिव दामोदर लुईटेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने महासचिव गौतमसागर राईले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका