Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा बालमैत्री नगर बनाउने अभियान तिव्र – Gaule Khabar

नवलपरासीमा बालमैत्री नगर बनाउने अभियान तिव्र

नवलपरासीमा बालमैत्री नगर बनाउने अभियान तिव्र

नवलपरासी, माघ २- 

नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

यस अघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट ,देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई अघि बढाइएको हो ।

अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनेलगायतका बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताए ।

नवलपरासीमा रामग्राम, सुनवल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका