Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्पका कारण पूर्णविराम लागेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा – Gaule Khabar

भूकम्पका कारण पूर्णविराम लागेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा

भूकम्पका कारण पूर्णविराम लागेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा

दोलखा,माघ १ –

स्थानीयस्तरमा पाइने कच्चापदार्थ लोक्ताबाट उत्पादन हुने नेपाली कागज बजारमा लोप हुँदै गइरहेको बेला दोलखाको जिरी नगरपालिका–३ कात्तिकेमा ८४ लाख रुपैयाँको लगानीमा एवि नेपाली कागज पुनः सञ्चालनमा आएको छ ।

विनाशकारी भूकम्पमा सबै भौतिक संरचना गुमाएपछि पूर्णविराम लागेको उद्योगलाई आर्थिक सम्भावना खोजे स्वदेशी माटोमा नै सुन फलाउन सकिन्छ भन्ने उद्देश्यका साथ हिमाली आयोजनाको सहकार्यमा सञ्चालनमा ल्याएकोे उद्योगले बताएको छ ।
गाउँघरमा सामान्य अंशबण्डदेखि सामाजिक कार्यको लेखाराख्न समेत नेपाली कागजको प्रयोग गरिन्थ्यो तर अहिले नेपाली कागजको अभावमा बजारमा पाइने सामान्य कागजको प्रयोग बढ्दो छ ।

अझै पनि सरकारी कामकाजका लागि नेपाली कागजको नै प्रयोग हुन्छ । तर यसको मूल्य अन्य कागजको तुलनामा निकै महँगो छ, भने माग अनुसार बजारमा पाउन पनि कठिन छ । नेपाली कागज उत्पादन उद्योग पनि विस्तारै विस्तापित हुने क्रम बढ्दो छ ।

हिमाली आयोजनाको रु ४९ लाख र बाँकी साझेदारीबाट गरी जम्मा रु ८४ लाखको लगानीमा एवि नेपाली कागज उद्योगलाई सञ्चालन गरेको लगानी कर्ता डबल श्रेष्ठले बताउनुभयो ।
२०६९ सालमा उद्योग दर्ता गरी सञ्चालन गरेको भए पनि विनाशकारी भूकम्पले सबै भौतिक संरचनामा क्षति पु¥याएपछि उद्योग सञ्चालनमा पुर्णविराम लागेको थियो ।

भूकम्पका कारण ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको श्रेष्ठले बताउनुभयो । उद्योग दर्ता प्रक्रियाको लागि श्रेष्ठले धेरै चुनौतीसँग सामना गर्नुपरेको थियो ।

उद्योगले दक्ष जनशक्ति उत्पादनको लागि ४५ दिने तालिम समेत सञ्चालन गरीरहेको छ । कागज उद्योगका अनुसार यो सजिलो र हलुङ्गो काम भएका कारण तालिममा सहभागी भएका ३१ जना महिलाले पनि रोजगार पाउने छन् ।

उद्योगका लागि ‘न कच्चा पदार्थको नै खाँचो रहन्छ, न त बजार’को समस्या । अबको दुई सातापछिबाट जापानी प्रविधि र ट्रेडसन प्रविधि गरी दुई प्रकारले कागज उत्पादन हुने अर्का लगानी कर्ता विष्णुबहादुर खड्का बताउनुहुन्छ ।

पैसाको लागि विदेशी भूमीमा पसिनाको सिँचाइ हैन, आप्mनै माटोमा पौरखी हात खियाउन सके सम्भावना बलियो छ । कागज उत्पादनको लागि आवश्यक कच्चापदार्थ लोक्ता बाँजो जग्गामा लगाउन सके त्यहाँ नै पैसा फल्छ ।
लोक्ताको लागि न त मलजल गर्नुपर्छ न त गोडमेल । यस तर्फ कसैको पनि ध्यान जान सकेको छैन । जति पनि लोक्ता एवि नेपाली कागज उद्योगले खरिद गर्न तयार छ । तर नेपाली समाज सम्भावन खोज्न हैन विदेश ताक्ने तर्फ बढी उत्पेरित छ । उद्योगको मुख्य उद्देश्य सबै युवालाई स्वरोजगार बनाउने र बजारकोे माग अनुसार आधुनिक तरिकाबाट कागज उत्पादन गर्ने रहेको केशव खड्काले बताउनुभयो ।

उद्योगले अहिले कच्चा पदार्थको लागि दोलखा र रामेछापको विभिन्न क्षेत्रमा उत्पादित लोक्त खरिद गर्ने गरेको छ भने एक सय ५० रोपनी क्षेत्रफलमा उद्योग आफैँले पनि लोक्ता खेतीसँगै अघि बढाएको छ । तालिम अवधि समाप्त हुन साथ व्यावसायिक रुपमा नेपाली कागज उत्पादनको काम सुरु हुने उद्योगले जानकारी दिएको छ ।

नेपाली कागज उत्पादनका प्रशिक्षक पुस्कार अधिकारीका अनुसार मासिक तीन लाख देखि पाँच लाख रुपैयाँ मूल्य बराबरको कागज उत्पादन हुने छ । व्यावसायिक नेपाली कागज उत्पादन मात्र हैन, यहाँ नेपाली कागज उत्पादनका लागि प्रशिक्षण केन्द्रको रुपमा सञ्चालन गर्न सकिने सम्भावना पनि उत्तिकै छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका