WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz5q274wr98t.VLGDW5xB4qOln0jrp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:49:43', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १-
चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
रसुवाको केरुङतर्फ गइरहेको पर्यटक बोक्न प्रयोग गरिने बा १ य १२३२ स्कारपियो जिपसहित चिनियाँ नागरिकलाई अवैध विदेशी मुद्रासहित प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष छन्।
पक्राउ परेका चिनियाँ नागरिकका साथबाट प्रहरीको टोलीले २ लाख ६० हजार ६ सय अमेरिकन डलर, एक लाख १८ हजार ६ सय १० युरो, केही अष्ट्रेलियन र क्यानेडिएन डलर बरामद गरिएको खनालले जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको खनालले बताए।